टाइगर कप भलिबलः महिलातर्फ एपिएफ दोस्रो पटक च्याम्पियन
पाेखरा | माघ १४, २०७९
पोखराः पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ एपिएफ क्लब च्याम्पियन भएको छ ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

एपिएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थिए । दुवै टोलीको २०/२० अङ्कको अवस्थामा लगातार ५ अङ्क जोड्दै पहिलो सेट एपिएफले आफ्नो पक्षमा पारेको थियो ।
दोस्रो सेट भने एपिएफले २२–२५ ले गुमाएको थियो । तेस्रो सेटमा उत्कृष्ट पूनरागमन गर्दै एपिएफले २५–८ को सहज सेट जित्दा चौठो सेट २५ –२२ ले जित्दै च्याम्पियन बनेको हो ।
महिला तर्फ च्याम्पियन भएको एपिएफले ५लाख, दोस्रो भएको आर्मीले २ लाख ५० हजार, तेस्रो भएको होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबले १ लाख २५ हजार र सान्त्वना भएको गण्डकी प्रदेशले ६५ हजार पुरस्कार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
पुरुष तर्फको फाइनल खेल आयोजक गण्डकी प्रदेश र एपिएफ क्लबबीच केही समयमा शुरु हुनेछ ।
पुरुष तर्फ तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३– १ को सेटमा पराजित गर्दै पुलिस तेस्रो हुन सफल भएको हो । पुरुष तर्फ तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख २५ हजार सान्त्वना भएको त्रिभुवन आर्मी क्लबले ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
महिला/पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

